STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपनिर्वाचन २०७६ ३९ स्थानको मत परिणाम सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी ९नेपाल०का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ क, धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ । प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ ख र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ ख को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।
Categorized in राष्ट्रिय