STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपराष्ट्रपतिमा ४ जनाबीच प्रतिष्पर्धा हुने

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २८, आइतबार

काठमाडौं - उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आईतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । 

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेल निर्वाचित भइसकेका छन् ।

Categorized in राजनीति