STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उप–मेयर महिला क्रिकेट हुने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ । 
 
दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । म्यान अफ द सिरिजलाई रु पाँच हजार दिइनेछ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौमा सञ्चालन हुने उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाको टोली सहभागी हुनेछ । 
  
उप–मेयर कपबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताउनुभयोे । गत वर्ष नगरपालिकाले उप–मेयर कपको पहिला संस्करण आयोजना गरेको थियो । 
Categorized in राष्ट्रिय