STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकपटक जितिसकेका व्यक्ति फेरि प्रत्यक्षबाट लड्नसक्ने : एमाले

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ११, शनिबार

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ। 

ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा 'कतिपटक उम्मेदवार' भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले जनाधारमात्र नभएर दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई पनि ख्याल गर्ने जनाएको छ।

'समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमाजस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन्। प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ। त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराको अतिरिक्त 'जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएका'लाई नै उम्मेदवार बनाइन्छ। यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो,' निर्णयमा भनिएको छ।

समानुपातिकको हकमा भने एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने नीति एमालेको छ। समानुपातिक मत पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकाले यसमा सिंगो पार्टी पंक्तिको योगदान हुने एमालेको बुझाइ छ। त्यसैले समानुपातिक मत 'सामूहिक कमाइ' भएकाले सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ।

Categorized in राजनीति