STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ८, बिहिबार

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङे (राजिव गुरुङ)लाई स्पष्टीकरण सोध्ने भएको छ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रो तर्फ बाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै नगरी उहाँ समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न जानुभयो,’ सचिव जीवनराम श्रेष्ठले भने, ‘उहाँलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका छौं।’

२०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए।

मनाङेले समीकरण फेरेसँगै स्वतन्त्र हैसियतमा मान्यता दिन प्रदेश संसद् सचिवालयमा निवेदन दिए पनि निर्णय भइसकेको छैन।

Categorized in राजनीति