STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ८८६ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १४, बुधबार

काठमाडौं – नेपालमा बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताए । निकाे हुनेकाे संख्या १८३ पुग्याे बुधबार नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो ।  मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् ।  यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् ।  यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।  हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ । 
Categorized in राष्ट्रिय