STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् । सोमबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।
Categorized in राष्ट्रिय