STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफीखेतीको विकास गर्नु आवश्यक छ । यसमा सरकारले सहयोग गर्छ ।” गाउँपालिकाकाअन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरीब परिवारलाई कम्बल वितरण गरिएको थियो ।
Categorized in राष्ट्रिय