STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक घर एक रुख कार्यान्वयनमा आएन

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २३, बिहिबार

यहाँको तापक्रम सन्तुलन कायम गर्न र वातवरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरुआत गरिएको छ । “आउँदो तीन वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, उप महानगरपालिका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।” हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्लाजस्तो देखिँदैन । “हामी यसको पनि कुनै विकल्प खोज्छाँै, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”, उहाँले भन्नुभयो । अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । सो कार्यमा नगरपालिकालाई उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बी–गु्रपलगायतका संस्थाले सहयोग पु¥याइरहेका थिए । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको जनाइएको छ । “यीनै कुरालाई दृष्टिगत गरी शहरको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ”, सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउनुहुन्छ । नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । घर निर्माण गर्ने क्रममा सो प्रावलाई कडाइका साथ नगरपालिकाले कार्यान्वयन गराएको पाइँदैन । नगर प्रमुख राणा भन्नुहुन्छ, “यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।” हरियाली अभियानको साथसाथै नेपालगञ्जलाई ध्वनि निषेध गर्ने नीति उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारीसाधनमा हर्न बजाउन निषेध गरिएको छ । मन्दिर र मस्जिदबाट प्रसारण गरिने लाउडिस्पिरको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ । विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । सो निर्णयलाई कार्यान्वयनमा सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ । यसको पूर्ण पालना पनि भएको छ । हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रुपमा लिएका छौँ”, प्रमुख राणाले भन्नुभयो “यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।”नेपालगञ्ज मुलुककै सबैभन्दा बढी गर्मी हुनेका शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै शहरमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ । यहाँको तापक्रम सन्तुलन कायम गर्न र वातवरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरुआत गरिएको छ । “आउँदो तीन वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, उप महानगरपालिका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ।” हरियालीयुक्त शहर बनाउन नगरपालिकासँग थुप्रै चुनौती छ । नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्लाजस्तो देखिँदैन । “हामी यसको पनि कुनै विकल्प खोज्छाँै, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ”, उहाँले भन्नुभयो । अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोपिएका छन् । सो कार्यमा नगरपालिकालाई उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बी–गु्रपलगायतका संस्थाले सहयोग पु¥याइरहेका थिए । बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको जनाइएको छ । “यीनै कुरालाई दृष्टिगत गरी शहरको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सघाएको हो । यसका लागि नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ”, सङ्घका अध्यक्ष नन्दलाल वैश्य बताउनुहुन्छ । नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । घर निर्माण गर्ने क्रममा सो प्रावलाई कडाइका साथ नगरपालिकाले कार्यान्वयन गराएको पाइँदैन । नगर प्रमुख राणा भन्नुहुन्छ, “यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।” हरियाली अभियानको साथसाथै नेपालगञ्जलाई ध्वनि निषेध गर्ने नीति उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारीसाधनमा हर्न बजाउन निषेध गरिएको छ । मन्दिर र मस्जिदबाट प्रसारण गरिने लाउडिस्पिरको प्रयोग नगर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ । विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । सो निर्णयलाई कार्यान्वयनमा सघाउन यहाँका मुस्लिम धर्मगुरुको बैठकले मुस्लिम समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएको छ । यसको पूर्ण पालना पनि भएको छ । हामीले ध्वनि प्रदूषणलाई पनि प्रभावकारी वातावरण सुधारको एक महत्वपूर्ण कडीका रुपमा लिएका छौँ”, प्रमुख राणाले भन्नुभयो “यसका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, धार्मिक तथा सरोकारवाला सामाजिक संस्थालाई योजनाभित्र समेटिएको छ ।”नेपालगञ्ज मुलुककै सबैभन्दा बढी गर्मी हुनेका शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै शहरमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ ।
Categorized in राष्ट्रिय