STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक प्रतिशतले गरीबी घट्छ मन्त्री बाँस्कोटा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उहाँले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गर्नुभयो । मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताउनुभयो । “हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग ग¥यौँ भने समृद्धि टाढाको विषय होइन”, उहाँले भन्नुभयो । उहाँले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राख्नुभयो । “मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न”, उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।” निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उहाँको दाबी थियो । पूर्वराज्यमन्त्रीद्वय गोविन्दनाथ उपे्रती र सूर्यमान दोङ, जिल्ला समन्वय समितिका सदस्य पे्रम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका सदस्य सुरकृष्ण वैद्यलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति गरेका थिए ।
Categorized in राष्ट्रिय