STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक सिपाही : एक बिरुवा रोपण

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

नेपाली सेनाले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिकाको खण्डमा आज वृक्षरोपण गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले राजमार्गको दायाँबायाँ खण्डमा वृक्षरोपण गरेको गणपति प्रमुख सेनानी मनोज गुरुङले जानकारी दिनुभयो । कालीभञ्जन गणको समुदायप्रति उत्तरदायित्व बहन तथा ‘एक सिपाही एक बिरुवा’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको गुरुङले जानकारी दिनुभयो । प्रमुख सेनानी गुरुङका अनुसार गुलमोहर, तेजपात, निम, अमला, लप्सीलगायत बिरुवा रोपिएको छ । पचास सिपाहीको सहभागितामा ५५ बिरुवा रोपिएको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पृथ्वीराजमार्गअन्तर्गत पर्ने चापाघाटमा बाटो विस्तार गर्दा पनि असर नपर्ने गरी बिरुवा रोपिएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय