STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमसीसी विषयमा राष्ट्रिय सहमति होस्

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २७, बुधबार

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।

उनले भने ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने ।

सभामुख सापकोटाले राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने  बताए ।

Categorized in राजनीति