एमालेका स्थापित र डङ्गोलले दिए उम्मेदवारी दर्ता
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १२, सोमबार
काठमाडाैँ - नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा केशव स्थापितले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनका साथ उपमेयरका उम्मेदवार सुनिता डंगाेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
स्थापित र डङ्गोल दिउँसो बाजागाजासहित उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेका हुन् । स्थापित काठमाडौँ महानगरको पूर्वप्रमुख तथा प्रदेशसभा सदस्यसमेत भइसकेका छन् । उनले प्रदेशसभा सदस्यबाट राजिनामा गरिसकेका छन् ।


