एमालेको १०औँ महाधिवेशन चितवनमा
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक ४, बिहिबार
नेकपा (एमाले) ले पार्टीको १०औँ महधिवेशन चितवनमा गर्ने भएको छ । यसअघि बुटवलमा हुने भनिए पनि आज बसेको स्थायी कमिटीको बैठकले चितवनमा गर्ने निर्णय गरेको हो ।
एमालेले महाधिवेशनका लागि मूल व्यवस्थापन समिति पनि गठन गरेको छ । समितिको संयोजकमा रामबहादुर थापा 'बादल' चयन भएका छन् । एमालेले महाधिवेशनका लागि थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको हो ।
एमालेले मंसिर १० देखि १२ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, आनन्द पोखरेल, काशिनाथ अधिकारी, विनोद श्रेष्ठ, सीता पौडेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल तथा पार्वती रावल सदस्य छन् ।
समितिमा सातै प्रदेश तथा सम्पर्क समन्वय कमिटीबाट पनि एक/एक जना सदस्य रहनेछन् ।
Categorized in राजनीति

