STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव चुनियो

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १३, सोमबार

१३ मंसिर, काठमाडौं - नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र तीन उपमहासचिवमा विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली निर्विरोध चयन भएका हुन् ।

मनाेनयनकाे समय सकिँदासम्म यी तीनवटै पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन् । यद्यपि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएकाे छ । अध्यक्षमा केपी ओली र भीम रावलले उम्मेदवारी दिएका छन् । 

उपाध्यक्षमा सर्वसम्मतका लागि ओलीले घाेषणा गरेकाे सूचीमा रहेकाहरूबाहेक घनश्याम भूसालले उम्मेदवारी दिएका छन् ।  त्यसैगरी ओलीले घाेषणा गरेकाे सूचीमा नपरेका भीम आचार्य र टंक कार्कीले सचिवमा उम्मेदवारी दिएपछि याे पदमा पनि निर्वाचन हुने भएकाे हाे । 

Categorized in राजनीति