STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमाले ओली पक्षको संसदीय दलको संशोधित विधान पारित

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ७, शनिबार

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली समूहले संसदीय दलको संशोधित विधान पारित गरेको छ।

शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो।

बैठकले सोही विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

’नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७२ लाई आवश्यक र समायअनुकूल परिमार्जन गर्दै प्रस्ताव आज बसेको संसदीय दलको बैठकमा प्रस्तुत गर्यो। र त्यो प्रस्तावलाई करिब १० जना सासंदले संशोधनका मन्तव्य राख्नुभयो। त्यसपछि संशोधनसहित यो विधान पास भएको छ,’ बैठकपछि पत्रकारहरूसँग भट्टराईले भने।

Categorized in राजनीति