STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एशियन फिफा वर्ल्डकप छनाेट खेलहरु स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

एजेन्सी – फिफाले एशियन फुटबल कन्फेडरेसन (एएफसी) सँग २०२२ फिफा वर्ल्डकप र २०२३ एएफसी एशियन कपको एशियामा हुने आगामी छनाेट खेलहरूको समयतालिका स्थगित गर्ने बुधवार निर्णय गरेको छ । सुरुमा यस बर्ष अक्टोबर र नोभेम्बरमा अन्तर्राष्ट्रिय खेल विन्डोजको समयमा आयोजना हुने सयमतालिका रहेको थियो । कोरोना भाइरसको महामरीको कारण अब यो खेल सन् २०२१ मा सारिएको छ । कोरोना भाइरसको महामरीको कारण हाल विश्वका धेरै देशहरु प्रभावित भएका छन् । फिफा र एएफसीले संयुक्त रूपमा फिफा वर्ल्डकप कतारमा २०२२ र एएफसी एशियाई कप चीन २०२३ को लागि हुने छनाेट खेलहरु यसै वर्षको अक्टोबर र नोभेम्बर हुने कार्यक्रम तय भएको थियो । छनाेट खेलका लागि नयाँ मिति तय गर्न फिफाले एएफसीसँग मिलेर काम गर्ने बताएको छ । सबै सहभागीको स्वास्थ्य र सुरक्षाको उद्धेश्यका साथ फिफा र एएफसीले क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गर्न र सम्बन्धित योग्यताका लागि नयाँ मिति तय गर्न सँगै मिलेर काम बताएको छ । नयाँ मितिहरूको बारेमा थप विवरण फिफा वर्ल्डकप २०२२ र एशियन कप २०२३ को लागि छनाेट खेलको अर्को चरण निर्धारित समयमा घोषणा गरिने एक विज्ञप्तिमार्फत फिफा जानकारी दिएको छ ।
Categorized in खेलकुद