STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसइईको नतिजा सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ । टेलिकमका विभिन्न सेवाबाट एसइईको नतिजा नेपाल टेलिकमले विगतझँै यस वर्ष पनि परीक्षाको नतिजा सहजरुपले थाहा पाउनका लागि विभिन्न सेवा उपलब्ध गराएको जनाएको छ । टेलिकमले आज विज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति टेलिकमको मोबाइलबाट एसइईपछि सङ्केत नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर परिणाम थाहा पाउन सकिने जनाएको छ । नतिजा हेर्नका लागि कभभरुकउबअभश्रकथmदय िल्य टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अङ्क मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । योबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बर, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिनेछ । साथै, टेलिकमको बेवसाइट कभभ।लतअ।लभत।लउ मा लग इन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ । एसइईको नतिजा आज सार्वजनिक हुने बताइएको छ ।
Categorized in राष्ट्रिय