एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्नुहाेस्
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १, सोमबार
काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।
कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो। गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर बोर्डले सार्वजनिक गरेकाे हाे ।
बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ । यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।
माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिनेछ।
Categorized in राष्ट्रिय