STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एसईई खारेज हुनुपर्छ : सांसद

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २४, बुधबार

काठमाडौं – प्रतिनिधिसभाको बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसईई परीक्षा खारेज हुनुपर्ने माग गरेका छन् । कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) अहिले स्थगित अवस्थामा छ । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदहरुले गरेका हुन् । सांसदहरुले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवसर अहिले मिलेको उल्लेख गर्दै नयाँ शिक्षा नीति अनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् । आन्तरिक मूल्याङ्कनकै आधारमा विद्यार्थीलाई कक्षा ११ मा लिएर जाने र १२ कक्षामा मात्र बोर्ड परीक्षा दिने माग समितिमा उठेको थियो । सांसद जीवनराम श्रेष्ठले शिक्षा नीति र ऐन नयाँ बनेपनि एसईई परम्परागत ढंगबाट सञ्चालनमा रहेको बताएका थिए । अहिलेको परिस्थितिले अवसर प्रदान गरेको उल्लेख गर्दै उनले नयाँ शिक्षा नीति र ऐन अनुसार यसलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने उनले बताएका थिए । समितिले विद्यालयहरुलाई शुल्क नलिन र औपचारिक रुपमा पठनपाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
Categorized in राष्ट्रिय