एसपिपी मेरो पालामा पठाइएको होइन : ओली
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफू प्रधानमन्त्री भएका बेला नपठाइएको दावी गरेका छन् । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उनले सत्ता गठबन्धनका नेताहरुलाई चुनौती दिए ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरुले निरन्तर लगाउनुभएपछि सो विषय बोल्नुपरेको बताए ।
“कुन कुन प्रधानमन्त्री, को को रक्षामन्त्रीले निर्णय गरेका हुन् ? सत्थ्यतथ्य कुरा बाहिर ल्याउन म आग्रह गर्दछु” उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दै भने, “यस विषयको सत्यतथ्य कुरा सदनलाई जानकारी गराउनुपर्छ, प्रधानमन्त्रीज्यूले त्यो काम गर्नुहोला ।”
आ.व.२०७९/८० बजेट जनतालाई मार्का पारेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले बजेट तयारी प्रक्रिया नै मूल्यमान्यता विपरीत रहेको दावी गरे ।बजेटबारेको सीसीटीभीको फुटेज माग गर्दासमेत सरकारले उपलब्ध गराउन नसक्नु विडम्बना भएको बताए।
Categorized in राजनीति

