STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओमानका विदेशमन्त्री काठमाडौंमा

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ११, मंगलबार

काठमाडौं- ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपरान्ह उनी काठमाडौंम आइपुगेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्। उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपालमा भ्रमणमा आएका हुन् । उनी भोलि नै स्वदेश फर्किने छन्।

भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन्। 

Categorized in राष्ट्रिय