STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीको 'त्याे पर्दैन' शपथ वैध वा अवैध : आज सुनुवाइ हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ४, मंगलबार

प्रधानमन्त्री केपी ओलीले लिएको शपथ अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

सपथका क्रममा राष्ट्रपतिले वाचन गरेका वाक्यांश प्रधानमन्त्रीले दुरुस्तै उतार्नुपर्नेमा फेरबदल गरेकाले उक्त शपथ बदर गरी पुनः शपथ नखाउञ्जेल ओलीलाई प्रधानमन्त्रीको हैसियतमा काम गर्न नदिन रिटमा माग गरिएको छ ।

ओलीले आफ्नाे शपथमा 'प्रतीज्ञा गर्दछु...' भन्ने शब्द नभनेका र त्याे दाेहाेर्याउन राष्ट्रपतिले भन्दा 'त्याे पर्दैन' भन्दै उल्टै राष्ट्रपतिलाई सिकाएका थिए । साेही कारण ओलीकाे साे शपथलाई त्याे पर्दैन शपथ भनी सामाजिक सञ्जाल लगायत धेरैले उडाइरहेका छन् ।

विवादको अन्तिम टुंगो नलागुञ्जेल ओलीलाई प्रधानमन्त्रीको रूपमा काम गर्न रोक लगाएर मुद्दा अग्राधिकारमा राख्न माग गरिएको छ ।

प्रधानमन्त्री र मन्त्रीको शपथ, सांसद पद नभएकाहरूलाई पुनः मन्त्रीमा नियुक्त गर्नुसमेत असंवैधानिक भएको रिटमा दाबी गरिएको छ ।

संविधानविद् चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र ओली, केशरजंग केसीको र अन्य तीनवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ ।

Categorized in राजनीति