STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओलीको बोली र प्रचण्डको गोली मन नपराउने बालेन

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २८, आइतबार

काठमाडौँ - काठमाडौँ महानगरमा मेयर बालेन शाहले नेताहरुलाई व्यंग्य गरेका छन् । शनिबार एक पोष्ट गर्दै बालेनले आफुलाई नेता मन नपर्ने उल्लेख गरेका छन् ।

कविता शैलीमा एक पोष्ट गर्दै बालेनले केपी ओलीको बोली मन नपर्ने, शेरबहादुर देउवाको टोली मन नपर्ने र प्रचण्डको गोली मन नपर्ने लेखेका छन् ।

उनले लेखेका छन्ः

मलाई नेता मनपर्दैन ,

तिमीलाई नि त मनपर्दैन ,

मलाई एउटा मन पर्दैन ,

तिमीलाई यी त मनपर्दैन ,

तिमीलाई के पि ओलि मनपर्छ ,

मलाई बोली मन पर्दैन ,

तिमीलाई शेर बहादुर मन पर्छ ,

मलाई टोली मन पर्दैन ,

तिमीलाई प्रचन्ड मनपर्छ ,

मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।

मलाई देश मनपर्छ ,

तिमीलाई के मनपर्दैछ ?

Categorized in राजनीति