STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओली र नेपालबीच ‘वान अन वान’ वार्ता

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २, आइतबार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान अन वान’ वार्ता जारी छ । अध्यक्ष ओली र नेपालबीच पार्टीभित्रको विवाद समाधानको प्रयासस्वरुप छलफल भइरहेको छ ।

यसअघि पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र नेता नेपाल पक्षधर नेताहरूबीच शुक्रबार पनि छलफल भएको थियो । उक्त बैठकले कार्यदलमा बस्ने नेताहरुको नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओली र नेता नेपाललाई नै दिएको थियो ।  

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दुई नेताको बैठकले कार्यदलमा बस्ने सदस्यको टुंगो लगाउने बताए । ‘पार्टीभित्रको विवाद समाधानका लागि कार्यदल बनाउने कुरा भएको छ । त्यसमा बस्ने नेताहरुको नाम आजको बैठकबाट टुंगो लाग्न सक्छ,’ उनले भने ।

नेता नेपाल समूहले २३ फागुनको सर्वोच्च अदालतको फैसलासँगै पार्टी ब्युँतिएकाले २ जेठ २०७५ कै अवस्थामा फर्काउनु पर्ने अडान राख्दै आएको छ ।

Categorized in राजनीति