STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०।७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६।२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो । पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ । मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए । चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिस्कार गर्न आमजनतालाई आह्वान समेत गरेका थिए । चुनावी हिंसाका कारण ५०० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ । कजाखस्तानको ठूलो शहर अल्माटीमा एएफपीका दुई पत्रकारलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले मुक्त गरेको छ ।
Categorized in अन्तर्राष्ट्रिय