STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कपिलवस्तु र सप्तरीमा गरी एकैदिन ११ कोरोना संक्रमित थपिए

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार

काठमाडौं – कपिलवस्तु मा १० जना र सप्तरीमा एकजना गरी सोमबार एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन । यसैगरी, मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय