STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कमलादीबाट १५ किलो सुन बरामद

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

काठमाडाैं - काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । सुन कसरी भित्रियो भन्ने विषयमा प्रहरी विस्तृत अनुसन्धानपछि मात्र जानकारी दिन सकिने बताएको छ ।
Categorized in अपराध-दुर्घटना