STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कमल थापाद्वारा राप्रपा परित्याग

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २५, मंगलबार

माघ २५, काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् ।

गृह जिल्ला हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफ्नो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको बताएका हुन् । विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन् ।

‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा  रमाउने उत्कृष्ट चाहाना भएतापनि आफ्नो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

सोमबार काठमाडौंमा आफु निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गरेका हुन । राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा हुँदा बिताएका क्षणहरु प्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित भएका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए । उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए । उनले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए ।

Categorized in राजनीति