STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन आश्रितको महत्वपूर्ण भूमिका ः गृहमन्त्री थापा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउन्भुएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थापना दिवस तथा मदन आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनमा उहाँहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उहाँहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उहाँहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताउनुभयो । मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उहाँले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो । आज मदन आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ ।
Categorized in राष्ट्रिय