STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कम्युनिष्ट नेता डिबी सिंहको अन्त्येष्टि

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी डिबी सिंह को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ । विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । विसं २०१३ मा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका सिंहले विसं २०१९ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । स्वर्गीय नेता सिंह विसं २०१५ मा मोहनविक्रम सिंह उम्मेदवार भएको चुनावमार्फत कम्युनिष्ट आन्दोलमा खटिनुभएको थियो । उहाँ विसं २०३२ मा सर्वाहारावादी क्रान्तिकारी कम्युनिष्ट सङ्गठनमा आबद्ध हुनुभएको थियो । विसं २०३८ मा उहाँले केशव बडाललगायतका नेतालाई लिएर मजदुर किसान सङ्गठनको नेतृत्व गर्नुभएको थियो । तत्कालीन नेकपा मालेमा एकीकरण भएपछि उहाँ विसं २०३९ मा कुन्दनको नामले केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँ छोटो समय लुम्बिनी क्षेत्रको इन्चार्जसमेत हुनुभएको थियो । फरक विचार राखेर सिंह विसं २०४५र४६ पछि तत्कालीन मालेबाट अलग हुनुभयो । राजनीतिसँगै उहाँ पछिल्लो समय पर्यावरण संरक्षणको अभियानमा क्रियाशील हुुनुहुन्थ्यो । नेता केसीको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा जुझारु, लगनशील र क्रयाशील नेता गुमाएको नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवालीले बताउनुभयो । उहाँको उर्वर समय र जीवन नेपालको राजनीतिक आन्दोलनमा समर्पित भएको ज्ञवालीको भनाइ छ ।
Categorized in राष्ट्रिय