STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

करेन्ट लागेर एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गएराति १ बजे भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा–४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि सख्त घाइते युवक पण्डित बेहोश भई रथबाट भुइँमा झरेपछि उनलाई गएराति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकामा आज बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।मृतक युवकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २४ वर्षपछि फरार अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालयले २४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलवा नगरपालिका–४ बस्ने ५० वर्षीय पितम्बर झा रहेको उक्त कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । कुटपिट मुद्दामा महोत्तरी जिल्ला अदालतबाट २०५१ साल माघ २ गतेका दिन दुई वर्ष कैद सजाय तोकिएकामा सोही दिनदेखि फरार झालाई कार्यालयबाट खटेको प्रहरी टोलीले आइतबार पक्राउ गरिल्याएको उहाँको भनाइ थियो ।अभियुक्त झालाई आइतबार साँझ नै जिल्ला अदालतमा हाजिर गराइएकामा उक्त अदालतले कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना