STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्मचारीमा कोरोना पुष्टि भएपछि राजश्व कार्यालय बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

काठमाडाैं - कर्मचारीलाई कोरोना पुष्टि भएपछि नेपालगन्जस्थित आन्तरिक राजश्व कार्यालय बन्द गरिएको छ । कार्यालयले आइतवार एक सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी गराएको छ । कार्यालयले कर्मचारीमा कोरोना देखिएको र अन्य सबै कर्मचारीको पनि पिसिआर परिक्षण गर्नुपर्ने र क्वारेन्टिनमा राख्नुपर्ने भएकाले कार्यालयको काम बन्द गरिएको सुचना मार्फत जनाएको छ । सरकारले चैत ११ देखि लागू गरेको लकडाउन अन्त्य गर्ने निर्णय गरेसंगै सर्वसाधारणको चलह पहल बढेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टाइन गरिएको छ । राजश्व कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण सुरु गरिएकाले आइतबार कार्यालय सम्पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।
Categorized in राष्ट्रिय