STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १४, बुधबार

काठमाडौं – वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम रोकिएको छ ।

वैदेशिक रोजगार कार्यालयले अर्को सूचना जारी नहुने बेलासम्मका लागि ताहचलस्थित कार्यालय बन्द रहने एक सूचना जारी गरी जनाएको छ ।

‘‘कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएका कारण मिति २०७७–६–१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको व्यवहोरा जानकारी गराइएको छ,’’ कार्यालयद्वारा जारी सूचनामा छ ।

Categorized in राष्ट्रिय