कलाकार एवं सञ्चारकर्मी महर्जनलाई पितृशोक
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार
काठमाडौं– कलाकार, साहित्य एवं सञ्चारकर्मी लक्ष्मीकुमार महर्जन तथा कलाकार राजीव महर्जनया पिता गुणसिं महर्जनको चैत १८ गते मंगलबार बिहान निधन भएको छ ।
८४ वर्षीय महर्जन लामो समयदेखि दमको रोगबाट ग्रसित थिए ।
महर्जनको अन्तिम संस्कार मंगलबार बिहान कीर्तिपुर देवध्वाखामा गरिएको छ । दिवंगत महर्जनका जहान, दुई छोरा र चारजना छोरी रहेका छन् ।
Categorized in राष्ट्रिय