कलाकार संघको अमेरिका च्याप्टर गठन
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ २०, बिहिबार
नेपाल चलचित्र उद्योग र पेशाकर्मीको संरक्षण,सम्र्बद्धनमा अगाडि बढिरहेको नेपालको चलचित्रसंग सम्बन्धित पहिलो वर्गीय संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको अमेरिका च्याप्टर २०८१ आषाढ २० गतेका दिन गठन गरिएको छ ।
संघका अध्यक्ष मोहन निरौला ,निवर्तमान अध्यक्ष रविन्द्र खड्काका साथै पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा सो अमेरिका च्याप्टरका गठन गरिएको हो । संघको विधानको परिच्छेद ९ दफा ४ अनुसार गठन गरिएको अमेरिका च्याप्टरका अध्यक्षमा दिनेश कार्की रहनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा गणेश उप्रेती,महासचिव सुवास वि. थापा ,सचिव दिपक त्रिपाठी,कोषाध्यक्ष मदन थापा रहनु भएको छ भने कार्य समिति सदस्यहरुमा किशोर सुम्बा,गोपाल अधिकारी,मोहन मिश्र,सुन्दर श्रेष्ठ,सूर्य शिम्खडा,दिनेश थापा,गिता शाही राजेश ढुंगाना,रामकृष्ण महर्जन,प्रवेश उप्रेती रहनु हुने भएको छ ।
अमेरिका( USA )मा नेपाल चलचित्र कलाकार संघको अमेरिका शाखा (FAAN USA CAPTER )विस्तार गरिएको स्वरुप यो च्याप्टर गठन गरिएको ब्यहोरा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य तथा
कलाकार सहायता तथा अनुगमन समितिका संयोजक उद्धब प्रसाद भट्टराई ले जानकारी गराउनु भएको छ ।संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान यूएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भइ आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरुलाई यूएस शाखाको रुपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।
Categorized in साहित्य-कला

