कल्र्भट निर्माणपछि स्थानीयवासी खुशी
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई ह््युमपाइप राखेर कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् ।
बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने गरी खुदीखोलामा कल्र्भट निर्माण गरेपछि मानिस तथा सवारीसाधनलाई आवतजावतमा सजिलो भएको वडाध्यक्ष हस्तबहादुर जिसीले जानकारी दिनुभयो । ‘‘खोलामा करीब ७५० मिटर लामो दुई कल्भर्ट निर्माण गरी आरसिसी ढलान गरेपछि हिउँद्, वर्र्षायाममा आवतजावत गर्न सहज भएको छ’’, उहाँले भन्नुभयो ।
“हिउँद महीनामा जेनतेन सवारीसाधान गुडे पनि खहरेखोला भएकाले वर्षायामको समयमा गुड्दैथ्यो”, वडाध्यक्ष जिसीले भन्नुभयो, “खोलाले बगाएर त्यस क्षेत्रका कतिपय मानिसले अकालमा ज्यान गुमाउनु परेपछि प्राथमिकतामा राखेर कल्र्भट निर्माण गरिएको हो ।” पानी परेपछि खोला तर्नुपर्ने समस्याले कतिपय बालबालिका विद्यालय जान नपाएको बताउँदै वडाध्यक्ष जिसीले भन्नुभयो, “कल्र्भट निर्माणपश्चात सबै क्षेत्रलाई सहज भएको छ ।”
Categorized in उपत्यका