STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसकाे पुस २५ देखि विरोध कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १९, आइतबार

काठमाडाैँ - नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहको ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मसान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए । फाइल फाेटाे

Categorized in राजनीति