कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ९, बिहिबार
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत भएको हो ।
कांग्रेसले संसद विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे पनि प्रदर्शनको मिति र कार्यक्रम आज बिहीबारको बैठकले तय गरी सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठक बिहीबार १ बजे बस्ने पुन: बस्ने पौडेलले बताए।
Categorized in राजनीति

