कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे चुनावमा पनि देउवकाे अग्रता, १००० भोट गन्दा देउवाको ५९०, कोइरालाको ४९१ मत
Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २९, बुधबार
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानको मत गणना हुँदा देउवाले अग्रता लिएका हुन् ।
एक हजार मत गन्दा शेरबहादुर देउवाले ५९० मत लिएका छन् । शेखर कोइरालाले ४९१ मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा सभापति हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने प्रवधानको कारण दोस्रो चरणमा मतदान भएको हो ।
कांग्रेसका ४७ सय ४३ महाधिवेसन प्रतिनिधि मध्ये पहिलो चरणमा ४६ सय ८१ जनाले मतदान गरेका थिए । दोस्रो चरणमा भने ४५ सय ६४ मत खसेको छ ।
अहिले मतगणना भइरहेको छ ।
Categorized in राजनीति

