STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काङ्ग्रेसको नियमावली पारित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्नुभएको थियो । बैठकले मुलुकको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णयसमेत गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह ९लामा० तामाङ, शिवप्रसाद हुमागाईं, केन्द्रीय आमन्त्रित सदस्यहरु किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेलले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उद्धार र राहतको अभियानमा सहभागितापश्चात् केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।
Categorized in राजनीति