STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काजल' लिएर आए सुनिल, अर्जुन र सुरेश

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २०, शनिबार

विजयरत्न असंबरे


काठमाडौं– गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको । गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् । उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् । गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् । भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहाेला
Categorized in सिनेमा