STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडाैंमा बर्डफ्लू

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १७, शनिबार

काठमाडौँ – नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाडाैंको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकेको पनि विभागले जनाएको छ । विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको जनाएको छ ।

विभागले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अपनाउन, फार्मलाई नियमित रुपमा निसंक्रमण गर्न तथा कुनै पन्छी बिरामी परेमा पशु सेवाका निकायमा सूचना गरीदिन विभागले आग्रह गरेको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लू रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको थियो ।

Categorized in उपत्यका