STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडाैंमा समस्यामा परे यी नम्बरमा सम्पर्क गर्न मेयरकाे आग्रह

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

काठमाडौं - काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नं सार्वजनिक गरिएको बताए ।

नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नं ११८० मोबाइल नं ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह छ ।

“सङ्क्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त सङ्क्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने भएकाले सङ्घीय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्दछ”, अपिलमा भनिएको छ ।

भीड नगर्ने, सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्ने, नियमित हात धुने, हात धुने अवस्था नरहे स्यानिटाइजरको प्रयोग गर्नेजस्ता सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु नागरिक दायित्व हो भन्दै प्रमुख शाक्यले अपिलमा निषेध आदेशलाई आफ्नै सुरक्षाका लागि हो भन्ने ठानेर पालना गर्न अनुरोध गरेका छन् ।

Categorized in उपत्यका