STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ–तराई मधेस द्रुतमार्गको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ५, मंगलबार

 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार निर्माणाधीन काठमाडौँ—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन् । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।

Categorized in राष्ट्रिय