STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिकाद्वारा एम्बुलेन्स सेवा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १, सोमबार

विजयरत्न असंबरे


काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए अनुसार एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) संग आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो र अहिले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत दृष्टिगत गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क एम्बुलेन्स सेवा हालका लागि स्थगन गरेका हौँ ।’ भनेर काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सय जना बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउन अवधीभरमा एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले मुख्य गरेर डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सबाट लकडाउन अवधीभर सेवा दिएको हो । एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता सहित सेवा प्रदान गरेको बताउनुभयो । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाई छ । सुरुमा बैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप गरिएको थियो । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका विरामी अस्पतालसम्म लैजान समस्या भए त्यस्ता बिरामीलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई अहिले पनि तयारी अवस्थामा राखेको कुरा महानगरपालिका सुत्रले जानकारी दिएको छ ।
Categorized in उपत्यका