STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौँ महानगरपालिका सबै ए डिभिजन फुटबल टिमलाई १० लाख सहयोग

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार

विजयरत्न असंबरे


काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन फुटबल क्लबलाई आज सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यको हातबाट प्रति क्लब रु १० लाख नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।  महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरुमा क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्गदी क्लब रहेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि खेदकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो । प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, बि डिभिजनका टिमलाई लाई रु तीन लाख र सी डिभिजनका क्लबलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सुरुमा टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्ने विषयमा छलफल भएको भन्दै पछि धरहरा निर्माणको काम अघि बढाउँदा त्यहाँका निर्माण सामाग्री राख्नु पर्ने भएकाले तत्कालका लागि व्यवस्थित गर्न सम्भव नभएको बताउनु भयो । कार्यक्रममा सम्बोधन गर्दै मछिन्द्र क्लबका अध्यक्ष प्रबोध बीर सिंह कंसाकार ले पनि खेल बिकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली,सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापालगायतको उपस्थिति रहेको थियो ।
Categorized in उपत्यका