काठमाडौंका ३१ जना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाइ कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ ।
उनीहरुको शुक्रबार गरिएको आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले जनाएको छ ।
महानगरपालिकाका ९३२ सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।
यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पनि पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए–नभएको पुष्टि हुन्छ ।
कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
Categorized in राष्ट्रिय