STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका ७ वर्षीय बालकसहित थप ३ जनामा संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

काठमाडौं – काठमाडौंका एक ७ वर्षीय बालकसहित थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसको साथै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । संक्रमितहरु काठमाडौं, चन्द्रागिरी नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बिहीबारै कपिलवस्तु निवासी ६ वर्षीया बालिका जो शिक्षण अस्पतालमा उपचाररत छन् र काठमाडौंको चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
Categorized in राष्ट्रिय