काठमाडौंको ग्वफः टोलमा त्वाः छेँ शिलान्यास
Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र १८, शुक्रबार
रकम अभावका कुनै पनि परम्परागत संस्कार बन्द हुन दिँदैनौ — प्रमुख शाक्य
काठमाडौं/काठमाडौँ महानगरपालिका वडा नम्बर २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवन शिलान्यास गर्नुभएको थियो ।
पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको संस्कारलाई पुस्तान्तरण गर्न हामीले राज्यतर्फबाट लागत सहभागिता बढाएका छौँ । शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘सांस्कृतिक भौतिक संरचनालाई यथावत राख्ने, जीर्णलाई मर्मत सम्भार वा पुननिर्माण गर्ने र संस्कार जोगाउने समुदायलाई यसप्रतिको आकर्षणमा प्रोत्साहन गर्ने काम गरिरहेका छौँ । भौतिक संरचना बनाएर हामी समुदायलाई हस्तान्तरण गर्छौँ । यसको संरक्षण र उपयोग समुदायबाट हुन्छ ।’
त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, वडा २१ सांस्कृतिक वडा भएकोले भौतिक अभौतिक सम्पदाका योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उक्त भवन निर्माणको लागत ५८ लाख ५० हजार रुपैयाँ हो ।


